कांग्रेस केन्द्रीय समिति बैठक भोलि फेरि बस्ने


नेपालभूमि, काठमाडौं ।

नेपाली कांग्रेसको सोमबारदेखि जारी केन्द्रीय कार्यसमितिको बैठक भोलि फेरि बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, सानेपामा जारी बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा, नयाँ भ्रातृ संघ संगठनको विधानसहित विविध विषयमा छलफल भइरहेको छ ।

बैठकको दोस्रो दिन मंगलबार सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारण सम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गरेका छन् ।