कांग्रेस सभापति पदको चुनाव दोस्रो चरणमा


काठमाडौं ।

कांग्रेस सभापतिका लागि भएको मतदानमा सभापतिका कुनै पनि आकांक्षीले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा जाने भएको छ । कूल ४,५७९ मत गणना हुँदा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले २,२५८ मत प्राप्त गर्दा शेखर कोइरालाले १,७२९ मत प्राप्त गर्नुभएको छ। कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत चाहिन्छ ।

आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । यस अनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्थ्यो । मतगणनामा देउवाले सुरुदेखि नै अग्रता लिए पनि देउवाले २,२५८ मत मात्र पाउनुभयो । उहाँलाई सभापति निर्वाचित हुन ८२ मत पुगेन ।

अर्का उम्मेदवार शेखर कोइरालाले १,७४९ मत पाउनुभएको छ । अब दोस्रो चरणमा सभापतिका लागि देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, चौथो स्थानमा रहेका बिमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ भने सभापतिको दौडबाट बाहिरिनुभएको छ ।