कोरोना अपडेट : ३ सय ९७ जना संक्रमित, तीनको मृत्यु


काठमाडौँ, २६ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर तीन सय ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ६६ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव ५८ अर्थात् तीन सय ९७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार थपिएका तीन सय ९७ सहित अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख १६ हजार चार सय १५ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९५ हजार ३७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै २४ घण्टामा तीन सय ८९ जना सङ्क्रमणमुक्त भएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या सात लाख ९७ हजार चार सय ४८ पुगेको छ । यही अवधिमा तीन जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

योसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ६९ पुगेको छ । अहिले नेपालमा सात हजार चार सय ९८ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै खोप अभियान सुरु भएदेखि अहिलेसम्म एक करोड ६३ लाख ३१ हजार तीन सय ६६ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ ।