यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ । आज देशका अधिकांश ठाउँमा मौसम सफा रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यस्तै बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा सामान्य बदली रहने पनि महाशाखाले जनाएको छ ।
यस्ताे छ आगामी ३ दिनको मौसम पुर्वानुमान
मंगलबार
दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
बुधबार
दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
राती : देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
बिहिबार
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
राती : देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।