बालबालिकाका लागि १ करोड खोप खरिद गर्ने सरकारकाे निर्णय


काठमाडौँ। बालबालिकालाई लगाउन मिल्ने कोरोना विरुद्धको खोपको एक करोड मात्रा नेपाल आउने भएको छ ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थप एक करोड खोप खरिद गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

यसअघि नै सरकारले फाइजर र मोडर्ना खोप खरिदका लागि प्रक्रिया अघि बढाएको थियो । मन्त्रिपरिषद्ले नै खरिदसम्बन्धी निर्णय गरेपछि खोप आउने निश्चित भएको छ । सोमबार ६० लाख फाइजर र ४० लाख मोर्डना खोप खरिद गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

मोर्डना र फाइजर खोप १२ वर्षदेखि माथिकालाई लगाउन सकिन्छ । कोभिडविरुद्धको खोप फाइजर तथा मोर्डना खोप भण्डारण गर्न मिल्ने फ्रिज यसअघि नै नेपाल आइसकेको छ ।  फ्रिजमा माइनस ८० डिग्री सेल्सियस तापक्रमसम्मका खोप भण्डारण गर्न सकिन्छ ।

फाइजर खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । नेपालमा हालसम्म कोभिसिल्ड, भेरोसेल, एस्ट्राजनिका, जोन्सन एन्ड जोन्सनलगायतका खोप आएका छन् । ती खोपहरू दुईदेखि आठ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ ।