‘न्यायालयमा मौलाएको राजनीतिक भागबन्डाले न्यायालय विकृत बन्यो’


काठमाडौं ।

न्यायाधीश समाजले जनताको आशा–भरोसाको केन्द्र न्यायालयमा मौलाएको राजनीतिक भागबन्डाले न्यायालय विकृत भएको जनाएको छ ।

समाजका उपाध्यक्ष बाबुराम रेग्मीले मंगलबार एक विज्ञप्ति जारी गर्दै न्याय परिषद्को संयोजनमा न्यायपालिकामा राजनीति भित्रिएको उल्लेख गरेका छन् ।

समाजले विज्ञप्तिमार्फत न्यायालयमाथि निष्पक्षताको पक्षमा प्रश्न खडा हुनु र भागबन्डा मौलाएको समाचारहरू सञ्चारमाध्याम र सामाजिक सञ्जालहरूमा प्रकाशन / प्रसारण हुनु दुःखद भएको उल्लेख गरेको छ ।

यस्तै, समाजले न्यायालयको आन्तरिक शुद्धीकरण र सृदृढीकरणमा संविधानबमोजिम चालिने जुनसुकै कदमको पनि स्वागत गर्ने उल्लेख गरेको छ ।