सांसदहरुकाे नाराबाजीपछि प्रतिनिधि सभा बैठक फेरि स्थगित


काठमाडौं । एमाले सांसदहरुले नाराबाजी जारी राखेपछि प्रतिनिधि सभाको दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बारम्बार संसद चल्न सहयोग गर्न आग्रह गरेपनि एमाले सांसदहरुले चर्को नाराबाजी जारी राखेका थिए । सभामुख सापकोटाले पन्ध्र मिनेटपछि बैठक बस्ने भन्दै स्थगित भएको बताएका छन् ।