मेलम्चीको तीन ठाउँमा पहिरो, हेलम्बु सडक फेरि अवरुद्ध
0
Shares
![](https://nepalbhumi.com/wp-content/uploads/2021/09/melamchi-badi....-768x514.jpg)
सिन्धुपाल्चोक ।
अविरल वर्षासँगै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१२ र १३ को तीन ठाउँमा पहिरो खसेको छ । पहिराले हेलम्बु सडक फेरि अवरुद्ध भएको छ ।
मेलम्ची-१२ बाहुनेपाटी र १३ मेलम्ची-जिरोकिलो सडक खण्डस्थित फटकशिलामा पहिरो खसेको हो । मेलम्ची इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले निरन्तरको वर्षाले पहिरो पन्छाउन नसकिएको बताए ।