सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३० जना घाइते
0
Shares
![](https://nepalbhumi.com/wp-content/uploads/2021/08/615253259accident-768x436.jpeg)
चौतारा ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– ३ कालिका छापमा आज बिहान ११.३५ बजे यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । बसभित्र दुईजना च्यापिएको अवस्थामा देखिएकाले प्रहरीद्वारा उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।
उनका अनुसार घाइतेमध्ये १५ जनालाई धुलिखेल र १५ जनालाई खाडीचौरस्थित सदाबहार अस्पतालमा उपचारका लागि पठाइएको छ । जिल्लाको लिङ्खु पाखरबाट काठमाडौँतर्फ गइरहेको बा३ख ८०३० नं को यात्रुवाहक बस घुम्तीबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।