काठमाडौं उपत्यकामा भदौ १६ सम्म निषेधाज्ञा थप, मास्क प्रयोग अनिवार्य गरिने
0
Shares
![](https://nepalbhumi.com/wp-content/uploads/2021/08/A47A10FF-7ABC-41F8-B7EE-BEDF45342941-768x461.jpeg)
काठमाडौं ।
काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले भदौ १६ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
थप गरिएको निषेधाज्ञामा भौतिक दूरी र मास्क नलगाई हिँड्नेलाई कडाई गरिने भएको छ । २५ जनाभन्दा बढी भेला हुन नपाउने, सभा, सम्मेलन, सेमिनारमा रोक लगाइएको छ ।