माधव नेपालसहित १४ सांसदमाथि कारबाही गर्ने एमालेको निर्णय


नेपालभूमि, काठमाडौं ।

नेकपा एमालेले माधव कुमार नेपालसहित अन्य १४ जनालाई सांसद र पार्टीको साधारण सदस्य नरहने गरी हटाउने निर्णय गरेको छ। मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता नेपालसहितका १४ जनालाई सांसद र पार्टीको साधारण सदस्य नरहने गरि निष्काशन गरेको हो।

उनीहरुलाई कारबाही गरेको पत्र निर्वाचन आयोग र संसद सचिवालयलाई जानकारी गराई सकेको ओली समूहका एक नेताले जानकारी दिए । कारबाहीमा परेका अन्य नेताहरुमा जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी छन्।