राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी
0
Shares
![](https://nepalbhumi.com/wp-content/uploads/2021/05/bidhya-bhandari_rastrapati-768x450.jpg)
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छन् । भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेकी हुन् ।जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको बताइएको छ ।
सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।