कोरोना अपडेट : २१४ जनाको मृत्यु, ९२४७ मा संक्रमण पुष्टि
0
Shares
![](https://nepalbhumi.com/wp-content/uploads/2021/05/06_07_2020-coronavirus_update_202077_101113-768x576.jpg)
काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो ३ दिन लगातार मृतक संख्या घटे पनि सोमबार पुनः बढेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ । गत शुक्रबार मृतक संख्या २०३, शनिबार १८७ र आइतबार १४५ जना रहेको थियो ।