कैलालीमा कोरोना संक्रमितको मृत्यु


कैलाली । जिल्लामा कारोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर-३ मिलनचोकका ८० वर्षीय वृद्धको उपचाररका क्रममका मृत्यु भएको हो ।

धनगढीस्थित अस्थायी कोरोना अस्पतालमा उपचाररत वृद्धको आइतबार मृत्यु भएको जनाइएको छ । अस्पतालका अनुसार उनी निमोनिया र श्वास प्रश्वासको बिरामी थिए ।