कोरोना संक्रमणबाट वीरगञ्जमा एक महिलाको मृत्यु


नेपालभूमि,काठमाडौं ।
कोरोना संक्रमणबाट वीरगञ्जमा एक महिलाको मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुम्मरवाना बस्ने ५५ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको हो ।

योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ । साउनयता मात्रै ५८ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।