नेकपाका प्रमुख सचेतक गुरुङलाई कोरोना संक्रमण


काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ । गुरुङले आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

गुरुङमा कोरोना भाइरसको सामान्य लक्षण देखिएको र हाल आफ्नै निवासमा आइसोलेशनमा बसेको जनाइएको छ ।