कोरोना खोपको प्रभावकारीता ९५ प्रतिशत, केही सातामै बजारमा


वासिङटन । कोभिड १९ विरुद्ध तयार पारिएको खोपको प्रभावकारिता झण्डै ९५ प्रतिशत रहेको बताइएको छ । अमेरिकी कम्पनी मोडेर्नाका अनुसार सार्वजनिक गरिने तयारीमा रहेको पाइजर भ्याक्सिनको प्रभावकारिता ९५ प्रतिशत नजिक रहेको तथ्य बाहिर आएको छ । साथै उक्त खोपले कोरोना महामारी अन्त्य गर्नेमा आत्मविश्वास उत्पन्न भएको पनि कम्पनीले जनाएको छ । मोडेर्नाले यो तथ्य आउनुलाई ‘महान दिन’को रुपमा व्याख्या गरेको छ । साथै यसैलाई लिएर केही हप्ताभित्रै खोपको स्वीकृति लिनका लागि आवेदन दिने पनि कम्पनीले जनाएको छ ।

यद्यपि उक्त खोपको परीक्षणमा अमेरिकामा जम्मा ३० हजार मानिस सहभागी थिए । जसमध्ये आधालाई चार हप्ताको अन्तरमा दुई डोज खोप दिइएको थियो । र बाँकी खोप ‘डमी’को रुपमा थिए ।र खोपको प्रभावकारिता भने पहिलो ९५ मा आधारित रहेर व्याख्या गरिएको हो । कम्पनीका अनुसार अनुसन्धानको क्रममा खोपले ९४ दशमलब ५ प्रतिशत काम गरेको थियो ।
यस्तै ११ जना गम्भीर प्रकृतिका संक्रमितहरुमाथि पनि खोप लगाउँदा उनीहरुलाई निको भएको र पछि समस्या नदेखिएको अनुसन्धानले देखाएको छ ।

‘समग्र प्रभावकारिता उल्लेखनीय छ । यो एक महान दिन हो,’ मोडेर्नाका प्रमुख मेडिकल अधिकृत ताल जाक्सले बीबीसीलाई बताएका छन् । मोडेर्नाका अध्यक्ष डा। स्टेफन होगले भने जब यसको नतिजा आयो अपत्यारिलो जस्तै लागेको प्रतिक्रिया दिए । उनले भनेका छन्, ‘हामीमध्ये कसैले पनि कोभिडलाई रोक्न यो खोप ९४ प्रतिशत प्रभावकारी होला भन्ने आशा गरेका थिएनौँ, यो वास्तवमै आश्चर्यजनक जानकारी हो ।’

खोप कहिले पाइन्छ त रु

खोप कहिले उपलब्ध हुन्छ भन्ने कुरा तपाईँ कहाँ हुनुहुन्छ र कति वर्षको हुनुभयो भन्ने कुराले निर्धारण गर्ने मोडेर्नाले जनाएको छ । साथै यो आगामी हप्ताहरुमै अमेरिकामा सुरु भने हुनेछ । र देशभर २ करोड डोज उपलब्ध गराउने पनि बताइएको छ ।

यस्तै आगामी वर्षसम्ममा विश्वभर १ अर्ब डोज प्रयोगका लागि उपलब्ध गराउने आशा राखेको कम्पनीले जनाएको छ । बेलायत सरकारले पनि कम्पनीसँग अझै सहकार्य गरिरहेको छ । जब कि, बेलायती खोप छिट्टो आउने ६ खोपमध्ये परेको छैन ।

सुरक्षित छ त रु

खोप कहिले आउला भन्ने जति चासोको कुरा हो, त्यत्तिकै मात्रामा यो सुरक्षित छ त रु भन्ने जिज्ञासा बढी छ । यस खोपबारे प्रमुख सुरक्षा चिन्ता प्रकट गरिएको छैन । तर पारासिटामोल वाहेक अरु औषधि सतप्रतिशत सुरक्षित हुँदैनन् ।

जस्तै कि, केही बिरामीलाई खोपपछि पनि टाउको दुख्ने, अरु दुखाइ र थकान जस्ता समस्या छोटो समयका लागि देखिनसक्ने सम्भावना रहन्छ । तर विज्ञहरु के भन्छन् भने यस खोपबाट रोग प्रतिरोधी क्षमता र अरु जे अपेक्षा गरिएको हो त्यसका लागि चाहिँ यसले काम गर्नेछ ।
(बीबीसी