अफगानिस्तानमा तालिबानीद्धारा छ प्रहरीको हत्या, पन्ध्र जना अपहरित


काबुल । अफगास्तिानको कुन्दुज प्रान्तको सार ए साफा जिल्लाको एक प्रहरी चौकीमा यहाँका तालिबानी लडाकूहरुले गरेका कारबाहीमा परी कम्तीमा पनि ६ जना प्रहरीको ज्यान गएको बताइएको छ ।

अफगानिस्तानको कन्दुज प्रान्तको उक्त जिल्लामा रहेको एक प्रहरी चौकीमा भएको बुधबार राति आक्रमणमा गरेर ती प्रहरीको हत्या गरेका बताइएको छ । साथै उनीहरुले सो प्रहरी चौकीमा रहेका अरु कम्तीमा पनि १५ जना प्रहरीलाई अपहरण गरेर लगेका छन् ।

उनीहरुले हालैका दिनमा विभिन्न स्थानमा गरेका आक्रमण गरी सुरक्षाकर्मीहरुको ज्यान लिइरहेका छन् । पछिल्ला दिनमा सुरक्षाकर्मीहरु मारिएका यहाँको टोलो न्युजले जानकारी दिएको छ । मंगलबार राति मात्र पनि अफगानिस्तानको जाबुल प्रान्तको एक जिल्लाको प्रहरी चौकीमा तालिबानहरुले हमला गरेर छ जना प्रहरीको हत्या गरेका थिए ।

त्यसैगरी अफगानिस्तानको हेल्माण्ड प्रान्तको ओमार जवाक जिल्लामा भएको कार बम हमलामा परी कम्तीमा पनि चार जना सैनिकको ज्यान लिएका थिए । पछिल्लो समयमा तालिबानीहरुले हेल्माण्ड प्रान्तमा कैयौँ हिंस्रक हमलाहरु गरिरहेका छन् उनीहरुले प्रहरी चौकीमा हमला गर्ने गरेका छन् । उता कतारको राजधानी दोहामा अफगान सरकार र तालिबानीहरुबीच शान्ति वार्ता हुने बताइरहेका बेला यता उनीहरुले हमला रोकेका छैनन् ।