सार्कका महासचिव विराकुनले लुम्बिनीमा एक रुपैयाँ दान दिने

श्याल्पा तेञ्जिन रिन्पोछे

काठमाडौं ।
बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माणाधिन ‘सेन्चुरी फर युनिभर्सल पिस’ नामक गुम्बा निमार्णको लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव इसाला रुवान विराकुनले एक रुपैयाँ दान दिनुहुने भएको छ ।
धर्म गुरु श्याल्पा तेञ्जिन रिन्पोछेको परिकल्पनामा निर्माण सुरु भएको ‘द महाशिद्ध स्यान्क्चुरी फर युनिभर्सल पिस सेन्टरको निर्माणको काम लुम्बनीमा पुगेर महासचिव विराकुनले एक रुपैयाँ दान दिनुहुने भएको हो । विश्वभरका शान्तिप्रेमी बौद्ध धर्मावलम्बी लगायत अन्य धर्म र संस्कृतिसँग सम्बन्धित साधकहरुले समेत साधना गर्ने स्थलको रुपमा केन्द्रको निर्माण कार्य धमाधम भइरहेको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को कारण केही समय रोकिएको केन्द्रको काम पुनः सुरु भएको छ ।

लुम्बिनीमा भोली हुने हुने सार्वभौमिक शान्तिका लागि ‘एक रुपैयाँ’ दिन अभियान कार्यक्रममा सार्कका महासचिव विराकुन र श्रीलंकाका मेडम कृशन्तीले भाग लिनुहुनेछ । धर्म गुरु श्याल्पा तेन्जिन रिन्पोचले लुम्बिनीमा निर्माणाधिन ‘सेन्चुरी फर युनिभर्सल पिस’को लागि एक रुपैयाँ दान गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो,‘महासिद्ध अभयारण्य विश्वव्यापी सौहार्द र शान्तिको बीउ छर्ने काम गर्छयस अभियानमा उदार हृदयको साथ सहभागी हुन सक्नुहुन्छ । बुद्धको शिक्षा अनुसार यही मनोवृत्तिले शान्ति, सद्भाव र सहिष्णुता बढाउनेछ ।’ यो सबैको परियोजना हो, यस परियोजनालाई समर्थन गर्न र अरूलाई प्रेरित गर्न सक्नुहुन्छ,सहयोगी दाताहरूको नाम रेकर्डमा राखिनेछ, उहाँले भन्नुभयो ।

धर्म गुरु रेन्पोछेले युनिर्भर्सल पिस सेन्टर निर्माण गर्नको लागि ‘एक व्यक्ति एक रुपैयाँ’को अभियान अगाडि सार्नुभएको छ । विश्वभर शान्तिको सन्देश थप फैलाउने उदेश्यको साथ निर्माण भइरहेको सेन्टरको लागि रिन्पोछेले थाइल्यान्ड, हङकङ, मलेसिया, चीन, भियतनाम, इन्डोनेसिया, सिंगापुर, भारत, बेलायत, अमेरिकाजस्ता देशहरुसँग सहयोगको आग्रह गर्नुभएको छ ।

सन २०१४ जुन १३ मा विश्व शान्ति केन्द्रको भवनको डिजाइनको औपचारिक अनावरण हङकङमा गरिएको थियो । २१ मे २०१६ मा केन्द्रको निर्माणस्थल लम्बिनीमा सुवर्ण कलशको स्थापना गरिएको थियो । यसैबीच २०७४ वैशाख १७ गते तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले केन्द्रको सिलान्याश गर्नुभएको थियो ।

स्यान्क्चुरीको बाहिरी संरचनाले फक्रदै गरेको कमलको फूललाई प्रतिनिधित्व गर्नेछ । त्यसैगरी स्यान्क्युरीको हल वा कक्षको मुख्य आकर्षणको केन्द्र सालको वृक्षमुनि मायादेवीको कोखबाट जन्मदै गर्नुभएको भगवान बुद्धको एउटा विशाल, सुन्दर र सबैको मुन छुने मुर्ति राखिने गरी डिजाइन गरिएको छ ।
यस केन्द्रमा एक हजार पाँच सय सिट क्षमता भएको एउटा अन्तर्राष्ट्रियस्तरको कन्फरेन्स हल (सभाकक्ष)को निर्माण गरिनेछ । यस कन्द्रभित्र सामुहिक रुपमा गरिने ध्यान, योग अभ्यास, प्रशिक्षण र अन्य विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सकिने गरी डिजाइन गरिएको छ ।
साथै विशेष ठूला ध्यान कक्षहरुको समेत व्यवस्था गरिएको हुनेछ । अत्याधुनिक प्रविधि र सामाग्रीहरु प्रयोग गरी निर्माण गरिने यस केन्द्रको आयु पाँच सय बर्षको हुनेछ भने आठ रेक्टर स्केलसम्मको भुकम्पले यसलाई कुनै क्षति गर्न नसक्ने गरी डिजाइन गरिएको छ ।

सेन्टरमा द युनिभर्सल पिस पुस्तकालय रहनेछ । जसमा भगवान बुद्धले दिनुभएको ज्ञानको संकलन गरिनेछ । उहाँले दिनुभएका प्रवचन समेटिएका वा तीनमाथि गरिएका व्याख्यानहरुको संकलन भएका पुस्तकहरु संकलन गरिनेछ । बुद्धको जीवन यात्रा, उहाँले पार गनुृभएका ज्ञानका श्रंखला र कसरी जीवनमा सही ढंगले यात्रा गर्नुपर्छ भन्ने आशय भएका प्रवचहरु समेटिएका विभिन्न थाङका पेन्टिङहरु पनि संकलन गरिने उदेश्य राखिएको छ । त्यसैगरी बुद्धका अमुल्य, मुर्तिहरु, पवित्र बौद्ध धार्मिक ग्रन्थहरु र धार्मिक अनि सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण मानिएका वस्तुहरुको संग्राहालय पनि रहेनछ ।

द युनिर्भसल पिस इन्स्टिच्युटमा एउटा खोज अनुसन्धान केन्द्र पनि रहेनछ । अनुसन्धान केन्द्रका लागि काम गर्नेमा विभिन्न शोधकर्ताह हुनेछन । जसले प्राचीन र आनुधिक भाषामा लेखिएका बौद्ध धर्म सम्बन्धी पुस्तकहरुको संकलन, चर्चा, व्याख्या गर्नेछन ।
केन्द्रले विभिन्न पुस्तहरुलाई डिजिटलाइज्ड गरेर डाटावेसमा पनि बनाउनेछ । केन्दमा सुनौलो गजुर, द युनिभर्सल पीस लाईब्रेररी, द पिस म्युजियम (शान्ति संग्रहालय), च्यारिटेबल एक्टिभिटिज रहने छ । मनलाई आन्नद दिने गरी पेन्टिङ गरिनेछ । बुद्धको बारेमा प्राप्त सबै विषयवस्तुलाई हजारौ बर्षसम्म केही नहुने गरी डिजिटल प्रविधिमा राखिनेछ गरी डिजाइन गरिएको केन्द्रको चार वटा ढोका रहनेछ । ६० करोड लागतमा स्तुपा आकारको ध्यान केन्द्र चार वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

लुम्बिनीमा निर्माण गरिएको कोरियन गुम्बाको पछाडि यो गुम्बा निर्माण भइरहेको छ । लुम्बिनीमा हालसम्म विभिन्न बौद्ध सम्प्रदाय र २३ राष्ट्रले गुम्बा निर्माण गरेका छन् । पृथक शैलीमा बन्न लागेको गुम्बाको डिजाइन चीन, मलेसिया, हङकङका आर्किटेक्चरले गरेका हुन् । इन्जिनियरिङ दृष्टिकोणले यो विश्वकै अत्याधुनिक सुविधा भएको गुम्बा हुने श्याल्पा रिन्पोछेले बताउनुभयो ।