समृद्धि सम्भव छ हाम्रै पालामा

रत्नहरि ढुंगेल
कोरोना महामारी कोभिड १९ूले विश्व थलिएको छ । नेपाल पनि बिगत ७४ दिनदेखि लकडाउनमा थन्किएको छ । महामारी कति समयसम्म रहन्छ भन्न सकिने स्थित छैन । यसले विश्वको अर्थतन्त्रलाई तहसनहस पारेको छ । निकट भबिस्यमा संसारभर आर्थिक संकट देखिनेछ भने नेपाल जस्तो अर्थतन्त्रको कमजोर जग भएको मुलुकलाइ उभिन पनि पक्कै कठिन हुनेछ । विश्वबजारमा काम गरिरहेका नेपाली कामदारहरु ठूलो संख्यामा रोजगारी गुमाएर स्वदेश फर्कनेछन जसबाट देशको कुल ग्राहस्थ उत्पादनको करिब २९५ हिस्सा ओगटेको रेमिट्यान्समा ठूलो गिरावट आउनेछ र स्वदेशमा पनि धेरैले रोजगारी गुमाउनेछन् साथै नयाँ रोजगारी सृजना हुने सम्भावना पनि बिल्कुलै कम छ ।

यो कठिन घडी हो । निश्चय नै अब देशको अर्थतन्त्रले निर्मम चुनौतीहरुको प्रहार थेग्नुपर्ने हुन्छ । निकट भबिस्यमा ठुलो आर्थिक संकट झेल्नुपर्ने छ । सरकारले समयमै संभावित संकट मोचनका लागि विभिन्न नीति योजनाहरु कार्यान्वयन तहमा ल्याउनु पर्थ्यो तर तेति नजिकै आउँदै गरेको संकट पनि राज्यले देखेन वा आँखा चिम्लियो रु भन्न सकिन्न ।

सरकारको निति तथा कार्यक्रम र जेठ १५ मा घोषणा भएको आर्थिक वर्ष ०७७र७८ को बजेटले यी बिषयबस्तु समेट्न सकेको देखिएन । बजेट कर्मकाण्डि शैलीको छ । यो बजेटले अर्थतन्त्रका बिल्कुलै नयाँ चुनौतीसँग जुध्न सक्दैन भनेर ठोकुवा गर्न सकिन्छ ।

मुलुकको अर्थतन्त्रको रक्षा नै अब राज्यको प्रमुख चिन्ताको बिषय हुनुपर्दछ । देशले आगामी दिनका हरेक चुनौतीलाई अवसरको रुपमा बदल्दै आत्मनिर्भरको बाटो समात्नुपर्छ । हाम्रो देश उर्भर भुमि, प्रकृति श्रोत साधन र मानव संसाधनको दृष्टिले सम्पन्न छ । परिचालन गर्न जान्ने हो भने छिटै आर्थिक फड्को मार्न सक्छ त्यसपछि संसारका सामु न कामका लागि हात फैलाउनु पर्छ न त ऋण र अनुदानका लागि नै ।

यसका लागि राज्यले व्यापक तयारी गर्नुपर्ने हुन्छ । निकट भबिस्यमा देखिने बेरोजगारी , बेरोजगारी संगै आउने गरिबी र भोकमरी टाल्नु सरकारको पहिलो कर्तव्य हुनेछ ।

हाम्रो देश किन गरिब छ त रु सम्पत्ति नभएर हो त रुकुनै पनि देशको पहिलो सम्पत्ति त्यहाँको मानिस र माटो हो । हामीसँग प्रश्स्त सम्पत्ति छ तर त्यसको परिचालन र ब्यबस्थापन गर्न जानेनौं परिणामस्वरूप हामी गरिब रह्यौ । देशको माटो अर्थात् प्रकृति र त्यसको सम्भावनासंग मानिसको क्षमता, दक्षतालाइ समायोजन गरिदिएर वा मानिसलाई प्रकृति अनुकूल दक्ष बनाइ विज्ञान प्रविधिसँग जोडिदिएर ब्यबस्थापन गर्न सक्ने हो भने देश धनी बन्न समय लाग्दैन। सरल भाषामा विकास , समृद्धि भनेको यहि हो ।

नेपाल प्रचुर सम्भावना हुँदा हुँदै अल्पविकसित नै रह्यो । देशको जनसंख्याको ठूलो हिस्सा रोजगारीको क्रममा बाहिरी देशमा छन् । खाडी मुलुक, युरोप, अमेरिका लगाएतका देशमा ९भारत बाहेक० करिब ५० लाखको हाराहारीमा छन् । उनिहरुलाई स्वदेश फर्केपछि कुन क्षेत्रमा इङ्गेज गराउने भन्ने राज्य संग कुनै रणनीति छैन ।

तर योजनाबद्ध तरिकाले राज्यले ब्यबस्थापन गर्ने हो भने वैदेशिक रोजगारबाट फर्केकाहरुबाट ठूलो फाइदा लिन सकिन्छ ।
जस्तै।।
( सकेसम्म स्वरोजगर बन्ने वातावरण मिलाइदिनुपर्छ र जुन सानो लगानिमा सम्भव छ । जस्तै स्( पसल , ब्यबसाय, साना तथा घरेलु उधोगहरु आदि ।
केही वर्ष मै यस्तो स्वरोजगारले अन्य रोजगारी सृजना गर्दछ ।

( जिडिपीको झन्डै ३०५ हिस्सा ओगट्ने कृषि क्षेत्रमा लगाउन सकिन्छ । यसका लागि माटो परिक्षण गरि , माटो अनुसार फलफुल, तरकारी खेती , बृक्ष खेती, अन्न अनाज खेती, पशुपालन तथा धेरै सम्भावना भएर पनि खासै नगरिएको जडिबुटी खेती गर्न लगाउन सकिन्छ तर माटोको परिक्षण, उन्नत बीउ , मल , जल, प्रविधि , पुजी र बजारका लागि राज्यले थोरै योगदान दिन सक्नुपर्छ । यसबाट कृषिमा देश आत्मानिर्भर बन्दै र ब्यापार घाटा न्यून हुन्छ ।

( देशको प्रचुर सम्भावनाका बाबजुद जिडिपीमा २(३ ५ मात्र योगदान भएको पर्यटन क्षेत्रको वृद्धि विकासका लागि कोभिड ( १९ महामारी अन्त्य पश्चात् लगत्तै यो जनशक्तिलाई परिचालन गर्न सकिन्छ । जस्तै स्( होमस्टे संचालन, होटल ब्यबसाय, पर्यटकीय क्षेत्रको प्रचार प्रसार , टुरिस्ट गाइड , लगाएत ।

( बिदेशमा उनिहरुले हासिल गरेको सीप क्षमता , दक्षता र प्रविधिक ज्ञानको प्रयोग गरि स्वदेशमै उधोग कलकारखाना खोल्न सकिन्छ । यसबाट राष्ट्रको उत्पादन मात्र बढ्दैन वैदेशिक पुँजी भित्रने सम्भावनाका साथ साथै स्वदेश मै प्रशस्त रोजगारी सृजना हुन्छ ।

( नेपाले प्रशस्तै मात्रामा भारत चिन जस्तो विश्वको झण्डै आधा जनसंख्या भएको देशलाई बिद्धुत सप्लाइ गर्न सक्छ त्यसका लागि बिद्धुत उत्पादन बढाउन प्रशस्त हाइड्रोपावरहरु निर्माण गर्नुपर्ने हुन्छ । यो क्षेत्रमा बिदेशी लगानिकर्ता पनि इच्छुक देखिएकाले वैदेशिक लगानी भित्रने र उत्पादन एवं रोजगारी बढ्दै देशको आम्दानी पनि बढ्छ ।

यी फ्रन्ट सम्भावना मात्र हुन् मुलुकलाई उठाउन यी बाहेक सम्भावनाका धेरै क्षेत्रहरू छन् । खाँचो राज्यको इच्छाशक्तिको मात्र हो ।

एउटा भैंसी मरेपछि गाउँ छाडेर बिदेशीनुपर्ने किसान देखि लिएर युरोप अमेरिकामा अलिकति भनेनी फरेन्स करेन्सीको जोहो गरेर स्वदेश फिर्नेहरु सम्मको राज्यले राम्रो ब्यबस्थापन गर्न सक्नुपर्छ । तब मात्र समृद्धि सम्भव छ , हाम्रै पालामा ।