माइला बाजेकाे जनै

विक्रम पवन परियार
म आमाकाे गर्भमा हुँदा मात्रै मान्छे रहेछु
जब नाै महिनाकाे तपश्यापछि
मेराे यस धर्तीमा जन्म भयाे
जसरी तिमी जन्मियाै ।
हामी सब‌ैलाई थाहा छ
मान्छे याैटै प्रक्रियाबाट जन्मिन्छ ।
तिमी आमाकाे गर्भमा हुँदा मान्छे थियाै
जब जन्मियाै तिमी आफ्नै कारणले मान्छे भएनाै
र म तिम्राे संस्कार मान्दामान्दै मान्छे भइनँ ।
यदि,
तिमी आफू मान्छे हुँ भन्ने घमण्ड गर्छाै भने
भन,
तिमीले कति पटक पियाै मैले छाेएकाे पानी ?
तिमी मान्छे थियाै भने
मलाई मन्दिर छुन दिन्थ्याै
कुवा छुन दिन्थ्याै
तिमी मान्छे थिएनाै र मलाई अछुत बनायाै ।
तिमी न बदलिन सक्छाै
न मान्छे हुन चाहन्छाै
तिमीले मेराे बाकाे नाम –
गाेपालकाे सट्टा गाेपाले लेखिदियाै
वीरबहादुर हुनुपर्नेमा वीरे लेखिदियाै
तिमीले मेराे नाम नै गलत लेखिदिनु पर्ने
तिमी मान्छे हाै कि ब्राह्मण हाै ?
ए ! माइला बाजे
जबसम्म तिमीले मलाई मान्छे ठान्दैनाै
तबसम्म तिमी मान्छे हुनै सक्दैनाै
याद राख माइला बाजे
जबाे संस्कृत पढ्दैमा –
र पात्राे पल्टाउन जान्दैमा तिमीलाई कसरी पण्डित भनूँ ?
तिमी मैले छाेएकाे प्रसाद खान सक्दैनाै भने
म तिमीलाई मान्छे कसरी भनूँ ?
न तिम्राे बाेल्ने ढङ्ग छ न संस्कार गतिलाे छ
म तिमीलाई आँखाकाे दुर्वीनबाट एङ्गल मिलाई मिलाई हेर्छु
अहँ ! कुनै पनि काेणबाट तिमी मान्छे हुन याेग्य नै देख्दिनँ
मैले तिमीलाई मान्छे नदेख्नु मेराे गल्ती हुँदैहैन ।
माइला बाजे !
जनै भिर्दैमा मान्छे काेही हुँदैन ।