उति झर्छ उँधाे

तिमी दास, मिदास घिचास सरी ।
जति लात परुन् उति ङ्याक्क गरी ।।
कहिं दूत छ, सासू; बुहारी चरी ।
कहिं खैंजडि नाच, विलम्ब गरि ।।
जति जाल फिंजाई मजाक गरी ।
त्यति हेर्न मजा छ, र दङ्ग परी ।।
छर सङ्गीत गीत, मीठास भरी ।
किन टीन, ठटङ्ग ठटङ्ग सरी ।।
अझ कर्कश धून सुनेर पनि ।
गरि धैर्य अझै शुभदिन गनी ।।
विधि औ स्थितिमा सुरती र खुदाे ।
जति चढ्छु भन्याे, उति झर्छ उँधाे ।।